Logo

बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल चढ्न आउन अनुमति



काठमाडौं, १६ भाद्र । सरकारले बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको बताए।

उनका अनुसार सेप्टेम्बर १५, २०२० पछि बहराइनका राजकुमारसहित १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिक गरी १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आउन लागेका हुन्।

खतिवडाका अनुसार गैरआवासीय नेपाली, नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउने विदेशी विद्यार्थीलाई पनि ७२ घण्टाभित्रको आरटी-पीसीआर प्रमाणपत्रका आधारमा आउन अनुमति दिइने छ। सरकारले वाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी आउन पाउने निर्णय गरेको खबर आजको अन्नपुर्ण पोस्टले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्