Logo

आँचलको विवाहपछि कुरा भएको छैन् : पल शाह (भिडिओसहित)



काठमाडौं, १६ भदौ । चर्चित नायक पल शाहले आफू र आँचल शर्मा मिल्ने साथी भएको खुलाएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आँचलको विवाहमा आफूलाई निमन्त्रणा आएको भएपनि सुटिङको क्रममा काठमाडौं उपत्यका बाहिर मुस्ताङमा भएकोले आउन नसकेको जनाए । तर, आँचलको विवाहपछि भने आफूहरुबीच कुराकानी नभएको उनले स्पष्ट पारे । काममा व्यस्त भएकोले कुराकानी हुन नसकेको उनको भनाई छ । उनले भने,’उहाँको विवाह भएपछि फोनमा कुराकानी भएको छैन् ।’

उनले आफूलाई मनपर्ने नायिकाहरुमा निरुता सिंह, नम्रता श्रेष्ठसँगै आँचल शर्मा रहेको बताए । आँचल शर्मा नै तपाईलाई मन पर्नुको कारण के हो भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने-‘उहाँ गुड ह्युमन विईङ हो । अनि राम्रो एक्टर हुनुहुन्छ ।’

उनले आँचल र डा. उदिप श्रेष्ठको जोडी एकदमै राम्रो रहेको पनि बताए । उनले भने,’उहाँहरुको जोडी सफल भैसक्यो । आँचलजी मेरो बेष्ट फ्रेण्ड हो । राम्रो साथी हो । उहाँको विवाह भयो, म खुशी छु ।’ उनले आँचलसँग अभिनय गर्न तयार रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्