Logo

मन्त्रिमण्डल पूनर्गठनको हल्लाले मन्त्रीहरुलाई टेर्न छाडे सचिवले !



काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने चर्चा चलेसँगै केही मन्त्रीहरुलाई उनीहरुले नेतृत्व गरेका मन्त्रालयका सचिवहरुले टेर्न छाडेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिअनुसार मन्त्रिमण्डल चाँडै पूनर्गठन हुने भएको छ । प्रधानमन्त्री ओलीले पनि यसबारेमा आफूले तयारी गरिसकेको कुरा ऋषि धमलासँग प्राईम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा खुलासा गरिसकेका छन् ।

मन्त्रिमण्डल पूनर्गठनको लागि प्रधानमन्त्रीले तयारी गरेको थाहा पाएपछि पूगर्नठनमा विदाई हुने मन्त्रीहरुको बारेमा गाँईगुँई चलेको छ । र, प्रधानमन्त्रीले हटाउन लागेका मन्त्रीहरुको मन्त्रालयका सचिवहरुले मन्त्रीलाई टेर्नै छाडेको गुनासो छ । दुई वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरु र कार्यसम्पादन राम्रो नभएकाहरुलाई प्रधानमन्त्री ओलीले हटाउने तयारी गरेका छन् । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्