Logo

१४६ केजी गाँजा सहित पक्राउ



मोरङ, १६ भाद्र । १ सय ४६ केजी लागूऔषध गाँजा सहित सुरेश कुमार मेहता पक्राउ परेका छन् । बिराटनगर स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढीका मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीमा फल्सबटम बनाई प्लास्टिकमा प्याक गरी लुकाई राखेको उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा बेश रानीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद लागूऔषध र ट्याक्टर सहित मेहतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उक्त सुरक्षा वेसले ईलाका प्रहरी कार्यालय रानीमा बुझाएपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।



प्रतिक्रिया दिनुहोस्