Logo

अवैध चाँदीको पायल सहित पक्राउ



कपिलवस्तु, १६ भाद्र । अवैध चाँदीको पायल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका घरवार नाकाबाट अवैध रुपमा ल्याएको करिब ५ केजीको चाँदीको पायल सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा शिवराज नगरपालिकाका आकास वर्मा, आनन्द वर्मा र होम बहादुर घर्ती रहेका छन् । प्रहरी चौकी सिर्सिहवा र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बा.८ च २९५२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त चाँदीको पायल सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्