काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेहरुमा एक बालिका र १० पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ । आजसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा एक सय ७९ पुरुष र ६० महिला छन् ।
मृतकको विवरण
१. महोत्तरीकी ४ वर्षीया बालिका
२. महोत्तरीका ३७ वर्षीय पुरुष
३. सिराहाका ६५ वर्षीय पुरुष
४. पर्साका ५३ वर्षीय पुरुष
५. पर्साका ८० वर्षीय पुरुष
६. पर्साका ६० वर्षीय पुरुष
७. बाराका ६० वर्षीय पुरुष
८. चितवनका ५२ वर्षीय पुरुष
९. काठमाडौंका ३४ वर्षीय पुरुष
१०. काठमाडौंका ६० वर्षीय पुरुष
११. मकवानपुरका ५८ वर्षीय पुरुष