Logo

पेट्रोलको मुल्यवृद्धि, प्रति लिटर रु. १०७



काठमाडौं, १६ भाद्र । पेट्रोलको मुल्य वृद्धि भएको छ । नेपाल आयल निगमले मङ्गलबार मध्यरातिबाट लागू हुने गरी प्रतिलिटर रु २ का दरले मुल्यवृद्धि गरेको हो ।

मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएकोमा निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको खरिद मूल्य अनुसार मुल्यवृद्धि गरेको हो ।

पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यवृद्धि भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्