Logo

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द



काठमाडौँ, १७ भाद्र । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो । उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्