Logo

पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढ्यो



काठमाडौं, १७ भाद्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटरको १०७ रुपैयाँ भएको छ । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको छ।

यस्तै, विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेल प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमले जनाएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्