Logo

सिलिगुडीबाट पेट्रोलियम पदार्थ आयात सुचारु



विराटनगर, भदौ १७ । कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगालको पानीट्यांकी नाकाबाट ५ महीनादेखि अवरुद्ध पेट्रोलियम आयात सुचारु भएको छ ।

नेपाली ट्यांकरहरूले सिलिगुडी डिपोबाट डिजेल, पेट्रोललगायत इन्धन नेपाल ल्याउन शुरू गरिसकेको मेची भन्सारले बताएको छ ।

पश्चिम बंगाल सरकारले अनिश्चितकालीन पानीट्यांकी नाका बन्दा गरेको ५ महीनापछि मात्र आंशिक खुला भएको हो । आंशिक रूपमा सुचारु भएसँगै भारतीय मालवाहक गाडीलाई काँकडभिट्टा नाकाबाट प्रवेश दिए पनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

मेचीनाकाबाटै बिहान ८ बजेदेखि बेलुका ५ बजेको समयसीमा तोकेर भारतीय भन्सारले खाली गाडी फर्कन दिइएको छ ।

पश्चिम बंगाल सरकारले पटकपटक गरी नाका सुचारु गरे पनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन थिएन । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्