Logo

सन्दीपले विकेट लिएको खेलमा जमैकाको हार



काठमाडौं, भदौ १७ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि जमैका तलावाज पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए। उनले चार ओभरमा २० रन खर्चिए। योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएक हुन् ।

क्यारेबियन प्रिमियर लिग ९सीपीएल०अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाए ।

यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोडे । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिए । सन्दीपले लेन्स सिमोन्सको विकेट लिएका थिए

जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गरे। उनले अविजित अर्धशतकीय पारी खेलेका छन्। रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए । यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए। कार्लोस बाथवेटले अविजित २१ रन जोेड पनि जमैकालाई जिताउन भने सकेनन् ।

बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिए । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्