Logo

थप एक कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल, भदौ १७ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु–११ की ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताएका छन् ।

मृतक महिल भदौ ७ अस्पताल भर्ना भएकी थिएन् । श्वासप्रश्वास र ज्वरोसहितको लक्षण देखिएपछि पछिल्लो समय उनलाई आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्