Logo

एक घण्टामा १ अर्बभन्दा बढीकाे कारोबार



काठमाडौँ, १७ भदौ: बुधबार बजार खुलेको एक घण्टामा नै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ६ कराेड रुपैयाँमा खरिद बिक्री भएको छ।

यस अवधिमा अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ७ वटा हइड्रोपावर कम्पनी रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८९ प्रतिशतले बढेको छ। त्यस्तै, अरुण कावेलीको ९.३५ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरको ९.२८ प्रतिशतले बढेको छ।
कारोबारमा आएका १२ वटै उपसमूहको सूचक सकारात्मक छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक २.२२ प्रतिशतले बढेको छ।

यस अवधिमा नेप्से सूचक २०.७५ अंकले बढेर १ हजार ५०५ विन्दुमा पुगेकाे छ।-मेरोलागानीबाट/File Photo



प्रतिक्रिया दिनुहोस्