काठमाडौं, १७ भदौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रेल निर्माणसम्बन्धी नेपाली ठेकेदारहरुले पाएको ठेक्का प्रतिष्पर्धाबाट पाएको भन्दै यसलाई बाँडीचुडी खान लाग्यो भनेर भन्न नमिल्ने स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । आफुहरुमाथि लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि उनले जिकिर गरे ।