Logo

अवैध चाँदीसहित पक्राउ



कपिलवस्तु, १७ भाद्र । अवैध चाँदीसहित सादव रजा मुसलवानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका झण्डिनगरबाट अवैध रुपमा ल्याएको करिब ४५ हजार रुपैयाँ बराबरको ९ सय ग्राम चाँदीको २५ जोर पायलसहित भारत सिद्धार्थनगरका मुसलवान पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले सादवको साथमा उक्त चाँदी फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot