Logo

खुर्पा माग्दा नदिएको झोकमा खुर्पा खोसेर प्रहार



काठमाडौं, १७ भाद्र । धारिलो हतियार प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं साँखु बस्ने उदयपुर घर भएका सुयोग दनुवार राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुयोगले दोलखा घर भएका हाल काठमाडौं बुद्धनगरस्थित युएन पार्क नदी किनारमा बुद्धनगर दाहाल मिट सप सञ्चालन गर्ने ६० वर्षीय पदम प्रसाद दाहाललाई खुर्पा माग्दा नदिएको आक्रोसमा सोही खुर्पा खोसेर प्रहार गरेका थिए । खुर्पा प्रहारबाट घाइते भएका दाहालको निजामती अस्पताल मीनभवन हुँदै पाटन अस्पताल ललितपुरमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्