Logo

कपिल शर्माको सम्पत्ति कति



एजेन्सी, १७ भाद्र । भारतीय कमेडियन कपिल शर्मा उनले गरेको कमेडीको कारण प्रख्यात छन् । उनले हासिल गरेको कमेडीको स्थान सबैभन्दा उच्च छ । नामको साथै धन पनि कमाएका छन् । २०१६ र २०१७ मा फोब्सले भारतको शिर्ष १० सेलिब्रेटीहरुको सुचीमा उनको नाम पनि समावेश गरेको थियो । कपिल शर्मासँग भएका ३ गाडीहरुको मुल्य ८ करोड रुपैयाँ रहको छ । पन्जाबमा भएको घरको मुल्य २५ करोड बताइएको छ । मुम्बईमा भएको फ्ल्याट पनि धेरै महँगो छ ।

एक रिर्पोटका अनुसार कपिलको कुल सम्पत्ति १७० करोड रुपैयाँ रहेको छ । उनको वार्षिक ३० करोड रुपैयाँ कमाई हुन्छ । उनले प्रयोग गर्ने महंगो कार मर्सिडिज बेंन्ज एस ३५० सीडीआई हो, जसको मुल्य १.२० करोड रुपैयाँ हो । भोल्भो एक्ससी ९० कार उनले दैनिक प्रयोग गर्दै आएका छन् । यसको मुल्य पनि लगभग त्यस्तै पर्छ ।

यसको साथै कपिलसँग आफ्नै लक्जरी भ्यानिटी भ्यान छ, त्यसको मुल्य लगभग ५.५० करोड रुपैयाँ पर्छ । २०१८ मा उनले यो भ्यान खरिद गर्दा मनोरन्जन इन्डस्ट्रीमा चर्चा भएको थियो । उनले आफ्नो भ्यानिटी भ्यान दिलिप छाब्रियासँग डिजाइन गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्