काठमाडौं, १७ भदौ । एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघ (एनएमए) बीच अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्ने द्धिपक्षीय सम्झौता भएको छ । अफिनका अध्यक्ष वसन्तकुमार चौधरी र एनएमएका अध्यक्ष डा. लोचन कार्कीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
देशभर आफु मातहतका निजी अस्पतालमा कोभिड-१९बाट संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यक बेड, आइसियु तथा भेन्टिलेटरसहितका बेड उपलब्ध गराउने निर्णय गरिएको सम्झौतामा जनाईएको छ। त्यस्तै सम्झौताको दोस्रो नम्बर बुँदामा लेखिएको छ,’दुवैको सहकार्यमा कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिनका लागि अस्पतालमा हुने भिडभाड कम गर्न ओपिडी, इनप्यासेन्ट्स, भिजिटर्स र हेल्थ केयर्स वर्कस सम्बन्धी प्रोटोकल तथा गाइडलाइन तयार गर्ने निर्णय गरियो ।’
सम्झौताको तेस्रो नम्बरमा भने ‘हाल वीरगंजमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलबभत्ताको विषयलाई उठान गरी उपचार प्रक्रियामा सहभागी नहुने गरिआएको विषयप्रति गम्भीर छलफल भएको र महामारीका समयमा यस्ता क्रियाकलापलाई यथासक्य छिटो सामान्य बनाउनुपर्ने विषयमा दुबै संघ सहमत भई संयुक्त प्रयासमा आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको’ विज्ञप्तीमा जनाईएको छ।
हेरौं विज्ञप्ती