Logo

खोलाले बगाउँदा सात वर्षीया बालिका बेपत्ता



बागलुङ,१८ भाद्र । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा खोलाले बगाउँदा एक साता वर्षीया बालिका बेपत्ता हुनुभएको छ । भल्कोट खोलाले बगाउँदा स्थानीय ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर मङ्गलबार साँझ बेपत्ता हुनुभएको हो ।

साँझ पाँच बजेको समयमा घरदेखि करिब २० मिटर दुरी टाढा रहेको भल्कोट खोला किनारमा खेलिरहेकी बालिकालाई खोलाको बहाव अचानक वृद्धि हुँदा बगाएको हुन सक्ने इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणी भट्टराईले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ ।

बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्