Logo

जंगली बदेलको आक्रमणमा परी दुई घाइते



नवलपरासी, १८ भाद्र । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् । आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर बसेको जंगली बदेलले ३२ वर्षीय बुहारी दिलमाया ठकुरी र ६६ वर्षीय ससुरा विष्णु बहादुर ठकुरीलाई आक्रमण गरेको थियो ।

बदेलको आक्रमणबाट बुहारी दिलमायाको शरीरका विभिन्न भागमा गंभीर चोट लागेको छ भने ससुरा विष्णुको देव्रे हातमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बदेलको आक्रमणबाट घाईते ससुरा बुहारी दुवै जनालाई थप उपचारार्थ भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्