Logo

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै ठुलो नौसेना भएको मुलुक



एजेन्सी, १८ भाद्र । चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ ।

चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।

पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनसँग ३५० युद्धक जहाज र युद्धपोत रहेको छ । अमेरिकासँग २९३ वटा युद्धपोत छ ।

अमेरिकासँग ११ वटा एक लाख टन युद्धकविमान बोक्ने नौसेनिक युद्धपोत रहेको छ । चीनसँग हाल ८ वटा यस्तो युद्धपोत रहेकोमा दुईवटा निर्माणको उद्देश्यमा रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

चीनले अफ्रिका, दक्षिण एशियालगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्