Logo

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्टबाट चन्दा मागिएपछि…



एजेन्सी, १८ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एकाउन्टबाट एकपछि अर्को ट्वीट भयो । जसमा उनले चन्दाका रुपमा क्रिप्टोकरेन्सी सहायता कोषमा रकम सहयोग गर्न भनेका थिए ।

एजेन्सी, १८ भाद्र । मोदीकै एकाउन्टबाट त्यस्तो आव्हान भएपछि धेरैको चासो बढ्यो । तर, वास्तवमा उनको ट्वीटर एकाउन्ट ह्याक गरिएको रहेछ । लगत्तै ट्वीटरले यस्ता गतिविधिबारे कदम चालेको जनाएको छ ।

मोदीको ह्याक गरिएको एकाउन्टमा २५ लाख फलोअर छन् । जुन मोदीको व्यक्तिगत वेवसाइटको ट्वीटर पेज हो ।
यसअघि पनि ट्वीटर पेजमा यस्तै प्रकारको आक्रमण भएको थियो । दुई महिनाबीच १३० एकाउन्टहरुमा साइबर आक्रमणहरु भएका थिए ।



प्रतिक्रिया दिनुहोस्