Logo

कोरोनाबाट प्युठानका ५८ बर्षीय पुरुषको मृत्यु



बुटवल, भदौ १८ । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको निधन भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

भदौ १० गते कलेजो र फोक्सोमा निमोनियाको समस्यादेखिएर अस्पताल भर्ना भएको उनी कोरोना संक्रमित रहेको १६ गते मात्रै पत्ता लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्