Logo

राहतको माग गर्दै प्रहरी प्रशासन कार्यालय घेराउ



वीरगंज १८ भदौ ।  राहत सामग्रीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा स्थानीयले घेराउ गरेका छन् । कोरोना महामारीको समयमा स्थानीयहरुको उल्लेख्य भीड देखेपछि प्रहरी र प्रशासनका कर्मचारीहरु त्रसित भएका थिए ।

बिहीवार बिहान वीरगंज महानगरका विभिन्न वडाबाट स्थानीयहरु राहतको माग गर्दै दुवै कार्यालयमा पुगेका थिए । बुधवार वीरगंज महानगरबाट प्राप्त राहत सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले वितरण गरेको सुनेपछि स्थानीयहरुको भीड जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पुगेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

बुधवार ११० जनालाई प्रहरीले प्रति व्यक्ति १० किलो चामल र महानगरले २० किलो चामल, नून, दाल वितरण गरेको थियो । आज स्थानीयवासीको भीड बढेपछि प्रहरीले उनीहरुको तथ्याङ्क सङ्कलन गरी वास्तविक गरीबलाई राहत वितरण गर्ने जनाएको छ ।  फोटोः राहतको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सा घेराउ गर्दै ।प्रहरी प्रशासन कार्यालय घेराउ



प्रतिक्रिया दिनुहोस्