Logo

बन्चरो प्रहार गरी ससुराद्वारा बुहारीको हत्या



काठमाडौं, १८ भाद्र । ससुराले बुहारीको हत्या गरेका छन् । बन्चरो प्रहार गरी बुहारीको हत्या गरेको अभियोगमा काभ्रेका सुदर्शन अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नमोबुद्द नगरपालिका दाप्चा बजारका अधिकारी अधिकारीले बुहारी ३५ वर्षीया रन्जना तिमल्सिनालाई घरायसी विवादको कारण बन्चरो प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै अछाममा धारिलो हतियार हसिया प्रहार गरी हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिकाका दिपक बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ४६ वर्षीया धन देवी कुँवरलाई गोठालो गएका बेला घरायसी विवादका कारण हसिया प्रहार गरी हत्या गरेका कुँवरलाई ईलाका प्रहरी कार्यालय घुघुरकोट र ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ



प्रतिक्रिया दिनुहोस्