Logo

काठमाडौंमा एकैदिन ४४५ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  १८ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय  २८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १३ हजार  ४ सय १३  जनाको पिसीआर परिक्षणमा १२  सय  २८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ९१७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २४  हजार  २ सय  ७ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५७ जना र ललितपुरका ४६ जना र भक्तपुरका ४२  जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्