Logo

एक एपिसोडको २० करोड लिदै सलमान खान



एजेन्सी, १८ भाद्र । कलर्स च्यानलको सबैभन्दा विवादित र चर्चित शो ‘बिग बोस १४’ सुरु हुने तयारी भइरहेको छ । अब आउने महिनाबाट प्रसारण हुने भनिएको उक्त चर्चित शो को ट्रेलर रिलिज भएको छ ।

सबै भन्दा विवादित शो बिग बोसबारे समय समयमा कहिले सहभागीको नामलाई लिएर त कहिले थिमलाई लिएर खबरहरु बाहिर आएका हुन्छन् । फेरी पनि शो का होस्ट सलमान खानले लिने फि को चर्चा बाहिरीएको छ । हुन त सलमानको फि को चर्चा कुनै नौलो भने होइन्, यो बारम्बार भइरहन्छ । उनले पछिल्लो १० सीजनबाट बिग बोसको होस्ट गर्दै आएका छन् । सलमानले हरेक सिजनमा आफ्नो फि बढाउदै आएका छन् ।

अहिले आउन लागेको बिग बोस सिजन १४ को एक एपिसोडको लागि सलमानले २० करोड रुपैयाँ लिने खबर छोटो जनाकारी दिने ट्विटर एकाउन्टले जनाएको छ । शो जम्मा ३ महिना चल्छ । यदि ३ महिनाको हिसाबबाट उनले हरेक एसिसोडको २० करोड रुपैयाँ लिएमा ४५० करोड रुपैयाँ हुनेछ । अर्थात बिग बोस १४ को लागि सलमानले ४५० करोड लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्