Logo

के गर्दैछन् नेपाली चलचित्रका नायक नायिकाहरु



काठमाडौ, १८ भाद्र । लामो समयको बन्दाबन्दी पछि जुर्रमुराएका कलाकर्मीहरु फेरी चुप बस्न बाध्य भएका छन् । कोरोना भाइरसको कारण अस्त व्यस्त बनेका धेरै देशहरुले भने सुटिङ गर्ने अनुमति दिएका छन् । विश्वका धेरै राष्ट्र कोरोनाले आक्रान्त बनेको बेला नेपाल पनि थिलो थिलो भएको छ । त्यसको असर सबै क्षेत्रले भोग्नु परेको छ ।

नेपाली फिल्म उद्योग त्यस्तो क्षेत्र हो, जहाँ धेरै राम्रा कलाकारहरु उत्पादन हुन्छन् । चलचित्रका काम सुरु नभएपनि विस्तारै–विस्तारै चलचित्रहरु निर्माणको घोषणा गर्ने क्रम जारी छ । म्युजिक भिडियोको काम भने धमाधम भइरहेको छ ।

नायिका स्वेता खड्का आमाको भुमिकामा चलचित्रमा काम गर्ने भएकी छिन् । निर्देशक यम थापाले निर्देशन गर्ने नयाँ चलचित्रमा स्वेता आमाको भुमिका निर्वाह गर्ने छिन् । ३ जना कलाकारहरुमा घुम्ने यो फिल्ममा छोरीको रुपमा कलाकार सेड्रिना शर्मा हुने बुझिएको छ । यो फिल्मको सुर्टिङ असोजबाट सुरु हुनेछ ।

त्यस्तै अर्को फिल्म ‘प्रसाद’को सिक्वेल चलचित्र ‘प्रसाद २’ बनाउने पक्षमा निर्माणपक्ष लागिरहेको छ । ‘प्रसाद’ चलचित्रका लिड कलाकारहरु ‘प्रसाद २’ मा पनि दोह्रोरिने भएका छन् । नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठ पक्का भइसकेका छन् भने निश्चल बस्नेत पनि दोह्रोरिने प्रवल सम्भावना रहेको छ । चलचित्र ‘प्रसाद २’लाई ‘प्रसाद’को सिक्वेल र प्रिक्वेल दुवै भनिएको छ ।

नायक आयुष्मान देशराज जोशी मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लिंगी’ को रुपमा अभिनय गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिंगी बनेका छन् । आयुष्मानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । ’

नायिका वर्षा सिवाकोटी, जीवन भट्टराई र विकास लामिछानेको अभिनय रहेको ‘पाएँ मैले तिमीलाई’ म्युजिक भिडियो भर्खरै मात्र रिलिज भएको छ । अर्की नायिका वर्षा राउत र नायक गौरव पहारीले अभिनय गरेको म्युजिक भिडियो ‘सैयौ डाँडाँ काट्दै’ रिलिज भएको छ । बाध्य भएर घरपरिवार छाडेर विदेशमा गएका एक पुरषको यथार्थलाई यस भिडियोले चरितार्थ उतारेको छ ।

त्यस्तै नायिका नीता ढुंगानाले आफ्नै ब्यानरमा चलचित्र ‘माया ’ बनाउने तयारीमा छिन् । यो समयमा नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको पनि निकै चर्चा चलेकोे छ । केहि दिन अगाडी मात्र नीताले आफ्नै स्वरमा रेर्कड गरेको भजनको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

नव प्रवेशी नायिका सुहाना थापाको आगामी दोश्रो चलिचत्र ‘ए मेरो हजुर ४’ को काम दशैमा रिलिज गरिने घोषणा भएपनि काम अगाडी बढेको छैन । सुहानाले दोश्रो फिल्ममा आफ्नो काम चाँडो भन्दा चाँडो दर्शकलाई देखाउन चाहे पनि कोरोना भाइरसको कारण पुरा हुन सकेको छैन ।

नायिका करिश्मा मानन्धर भने घरमा नै फुर्सदमा बसेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय करिश्मा आफ्नै युट्युब च्यानलमा व्यस्त छिन् । उनले सामाजिक सञ्जाल मार्फत दिनहु आकर्षक तस्वीरको साथै भावनाहरु राख्दै आएकी छिन् ।

हिम्मतवाली नायिकाको परिचय बनाएकी नायिका रेखा थापा पछिल्लो समय राष्ट्रवादी भएकी छिन् । महिलाको हक हितको पक्षमा आवाज उठाउदै आएकी रेखा अहिले लकडाउन र निषेधज्ञामा कुनै काम सुरु गरेकी छैनन् । समय अनुसार चल्न सिपालु रेखाले भदौबाट आफ्नो फिल्मको सुर्टिङ गर्ने घोषणा गरेकी थिइन्  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot