Logo

निषेधाज्ञामा रथयात्रा गर्न नहुने पक्षमा वर्षा सिवाकोटी



काठमाडौ, १८ भाद्र । नायिका वर्षा सिवाकोटीले कोरोना भाइरसका संक्रमण फैलने प्रवल सम्भावना भएकोले निषेधाज्ञाको पालना सबैले गर्नुपर्ने बताएकी छिन् । पुल्चोकमा रातो मछिन्द्रनाथको रथ यात्राको क्रममा भएको झडपको विषयमा वर्षाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।

आज काठमाडौ उपत्यकाको पुरानो प्रथा रातो मछिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानियवासीबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेको थियो र स्थानियले ट्राफिक प्रहरीलाई कुटपिट गरेका थिए ।

नायिका वर्षाले दुवै पक्षले समयको ध्यान दिनु आवश्यक रहेको भन्दै लेखेकी छिन्, ‘केही बेरअघि पाटन क्षेत्रमा रातो मच्छिन्द्रनाथ रथयात्राको विषयमा स्थानीय र प्रहरी बीच झडप भएको देख्न र सुन्न पाईयो। विविध परम्पराको जगेर्ना गर्नु हामी नेपालीहरुको कर्तव्य हो तर हालको निषेधाज्ञालाई पालना गर्नु पनि हाम्रा लागी उत्तिकै आवश्यक छ ।’

नायिकाले अगाडी लेखेकी छिन्, ‘दुवैतर्फका गहन पक्षलाई ध्यानमा राखी, समय–परिस्थितीलाई मध्यनजर गर्दै रथयात्रा र अन्य गतिविधीहरुलाई सुरक्षित वातावरणमा निरन्तरता दिने वा नदिने निर्णय गर्नु जरुरी छ । सडकमा एक(अर्काबीच यस किसिमको बिमेल हुनुभन्दा अरु केही विकल्प निकाल्न पाएको भए पो हुन्थ्यो कि ।’



प्रतिक्रिया दिनुहोस्