एजेन्सी, १८ भाद्र । अब एके-४७ राइफल भारतमै बन्ने भएको छ । भारत र रुसबीच यससम्बन्धी सम्झौता भएको खुलेको छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा ए के ४७ २०३ उत्पादन गर्ने सम्झौता भएको रुसी राष्ट्रिय मिडिया स्पुतनिकले उल्लेख गरेको छ । इन्डो रसिया राइफल्स प्राइभेट लिमिटेडले उक्त हतियार उत्पादन गर्ने जनाइएको छ । उक्त राइफलको मुल्य प्रति गोटा ११ सय डलर पर्ने स्पुतनिकले जनाएको छ ।
भारतमा ७ लाख ७० हजार उ के ४७ राइफलको आवश्यता रहेको टाइम्स अफ इन्डियाले लेखेको छ ।-Photo Source: Agency