Logo

वामदेव भित्रिए, खतिवडा बाहिरिए



काठमाडौं, भदौ १९ । लामो समयदेखिको रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभाको रिक्त एक सीटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा दोहो¥याउन चाहेका थिए । तर, पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीमाथि दबाब पर्दै आएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

भदौ २० गतेपछि अर्थमन्त्रीकै रूपमा निरन्तरता पाउन खतिवडालाई राष्ट्रिय सभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने थियो । तर, वामदेवलाई नियुक्त गर्ने सरकारको निर्णयले खतिवडा पुनः अर्थमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ ।

यद्यपि राष्ट्रिय सभामा सरकारबाट मनोनीत अन्य दुई सदस्यमध्ये एकलाई राजीनामा गराई खतिवडालाई पुनः राष्ट्रिय सभामा ल्याउने बाटो भने खुलै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्