Logo

रथ सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने ज्यापु समाजको निर्णय



काठमाडौँ, १९ भाद्र । ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै केही उत्श्रृंखल समूहले रातो मछिन्द्रनाथको रथ तानेको जनाएको छ । यस्तै, रथ सुरक्षाका लागि समाजको ५०१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

रथ तान्ने विषयमा छलफल गर्न १ बजे बैठक बोलाइएको भएपनि त्यसस अघिनै कही समूहले रथ तानेकोमा ज्यापु समाजले आपत्ती जनाएको छ । सयौँको संख्यामा रथ तान्ने मानिसहरु भेला भएपछि प्रहरीले रोक्ने कोसिस गरेको थियो । सोही क्रममा प्रहरी र स्थानीय बीच केही बेका लागि झडप भएको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्