Logo

कृषिमन्त्रीको दाबी : ‘म असफल हुन त समय नै छैन’ (भिडिओसहित)



काठमाडौं, १९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले रसायनिक मल दिने जिम्मेवारी सरकारको भएको र मन्त्री भएको हिसाबले आफ्नो भएको सुनाउँदै यो पटक मल दिन नसकेको गल्ती स्विकारेका छन् । उनले आफूले जे प्रयत्न गरेको हो त्यसको नतिजा आउन बाँकी रहेको स्पष्ट पारेका छन् ।

उनले अहिले आफू परीक्षाको घडीमा रहेको जिकिर गरे । उनले भने-“म असफल हुन त समय नै छैन् । मुलुकको विकासको हिसाबले, हाम्रो आवश्यकत्ताको हिसाबले, हाम्रो संविधान जुन बनाएका छौं, यसले हामीसँग माग गरेको दायित्वका हिसाबले हामी यसबाट पन्छिनै मिल्दैन् । हामीले यो पूरा गर्नुपर्छ । मैले पूरा गरिन भने म भन्दा योग्य मन्त्री आएर पूरा गर्नुपर्छ । तर, यो सरकार चलाउने पार्टीले पूरा गर्छ ।”



प्रतिक्रिया दिनुहोस्