रुपन्देही, भदौ १९ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएके छ । मृतक बुटवल ८ का ७८ वर्षीय पुरुष रहेका छन् । भदौ ५ गते अस्पताल भर्ना भएको उनको आज विहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा शुर्दशन थापाले जानकारी दिए ।
मधुमेह र उच्च रक्तचापका दिर्घरोगी उनके भेन्टिलेटरमा उपचार हुँदै आएको थियो ।