Logo

सरकारलाई डा. आचार्यको सुझाव : ‘गरिखाने मानिसहरूलाई गरिखान दिउँ’



काठमाडौं, १९ भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले गरिखाने मानिसहरूलाई गरिखान दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । सरकारले कोरोना संक्रमित यति थपिए, यति निको भए र यति मरे भन्नेबाहेक जनतालाई घरमा थुने वा बाहिर छाडेपनि थप केही गर्नु नपरेको उल्लेख गर्दै डा. आचार्यले गरिखाने मानिसहरूलाई गरिखान दिनुपर्ने सुझाव दिएका छन् ।

त्यतिमात्रै नभएर, उनले यो राजनीतिले काम नगर्ने भन्दै अब यसको अन्त्य गर्नपनि आग्रह गरेका छन् । शुक्रबार विहान ट्विट गर्दै डा. आचार्यले लेखेका छन्,”सरकार! एउटा अनुरोध- आखिर जनताले उपचार खर्च लगायत परिआएको सबै आफै ब्यहोर्नु पर्ने तर सरकार आफैले यति थपिए,उति निको भए र यति मरे भन्ने बाहेक जनतालाई घरमा थुने वा बाहिर छाडे पनि थप केही गर्नु पर्ने होइन भने गरिखाने मानिसहरू लाई गरिखान दिउँ।यो राजनीतिले अब काम गर्दैन,यसको अन्त्य गरौ।” Photo Source: Social Media/Facebook



प्रतिक्रिया दिनुहोस्