Logo

फरार डाँका पक्राउ



कैलाली, १९ भाद्र । डाँका चोरी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरिगंगा नगरपालिकाका श्याम चौधरी र फुलपाती चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई २०६६ असार २ गतेको जिल्ला अदालत कैलालीको फैसलाले ६ वर्ष कैद र ४ चार हजार १ सय ४७ रुपैयाँ पैंसठ्ठी पैसा जरिवाना ठहर भई फरार रहेका थिए । जिल्ला अदालत कैलालीको फैसला पुनरावेदन अदालत दिपायलबाट समेत सदर भएको थियो ।

गौरिगंगा नगरपालिका स्थित स्थानीयको घरमा २०५८ साल माघ ४ गते राति हातहतियार सहित आएको समूहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरी सम्पूर्ण अनुसन्धान कार्य पश्चात कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाएकोमा २०६१ साल माघ २७ गते कैलाली कारागारबाट भागी फरार भएका थिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्