तनहुँ, २०७७१९ भाद्र । बहुविवाह मुद्दामा फरार प्रतिवादी बिष्णुमाया नेपालीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादी व्यास सुपारेडाँडाका नेपाली पक्राउ परेकी हुन् ।
बहु विवाह मुद्दामा तत्काल धरौटी दाखिला गरी थुनामुक्त भएकोमा जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेकी बिष्णुमायालाई खोजी गर्ने क्रममा उनकै घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ । बिष्णुमायालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।