Logo

छुरा प्रहार गरी श्रीमतीको हत्या



काठमाडौं, १९ भाद्र । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा अजय बिक पक्राउ परेका छन् । काठमाडौं अनामनगर बस्ने बर्दिया घर भएका बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको सुचना आएलगत्तै सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै धादिङ, निलकण्ठ खल्चेतका राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वादविवादको क्रममा राजुले गुरुङलाई धारीलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्