Logo

बलात्कारका अभियुक्त पक्राउ



सिराहा, १९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिकाका दिपेन्द्र मुखियाँ समेत २ जना पक्राउ परेका हुन् ।

मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेका सुचना बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्