Logo

प्रहरीमाथि हातपात गर्ने पक्राउ



कैलाली, १९ भाद्र । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका बौनिया बजारबाट प्रहरीलाई माथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बर्दगोरियाका रमित साउद र लम्कीचुवाका दुर्योधन सुनार रहेका छन् । उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरमा ल्याई सम्झाई बुझाई गर्दा उनीहरूले प्रहरीमाथि गाली गलौज तथा हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्