Logo

काठमाडौंमा एकैदिन ४५४ जना कोरोना संक्रमित थपिए



काठमाडौं, १९  भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४५४  सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १३ सय ५९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४५४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १३ हजार ६ सय  ६८  जनाको पिसीआर परिक्षणमा  १३ सय ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३ सय ५४  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २५ हजार ५  सय  ६१ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३८६ जना र ललितपुरका ३२ जना र भक्तपुरका  ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४४ हजार  २ सय ३६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्