Logo

काठमाडौंमा एकै दिन तीन महिलाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं, १९ भाद्र । काठमाडौंमा आज एकै दिन तीनजना महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई वृद्धा र एक युवती छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा ८२ र ६७ वर्षीया वृद्धा र २२ वर्षीया युवती छन् । उनीहरुको उपचारका क्रममा निधन भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको सख्या वृद्धि सँगै मृतकको संख्या पनि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्