काठमाडौं, १९ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज १० पुरुष र ४ महिलासहित १४ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सबैभन्दा बढी काठमाडौंमा तीनजना महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।
आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ । आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृत्यु भइसकेको छ ।
काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा निषेधाज्ञाका बाबजुद मृतकको संख्या बढेको छ । योसँगै संक्रमण अझै उत्कर्षमा पुग्ने खतरा बढेको छ ।
मृतकको विवरण
१. काठमाडौंकी ८२ वर्षीया महिला
२. काठमाडौंकी ६७ वर्षीया महिला
३. काठमाडौंकी २२ वर्षीया महिला
४. चितवनकी ३५ वर्षीया महिला
५. सप्तरीका ५५ वर्षीय पुरुष
६. सप्तरीका ५५ वर्षीय पुरुष
७. धनुषाका ६५ वर्षीय पुरुष
८. कास्कीका ३१ वर्षीय पुरुष
९. नवलपरासीका ३७ वर्षीय पुरुष
१०. प्युठानका ५८ वर्षीय पुरुष
११. रुपन्देहीका ७८ वर्षीय पुरुष
१२. पाल्पाका ६३ वर्षीय पुरुष
१३. सुर्खेतका ४२ वर्षीय पुरुष
१४. पुरुष