Logo

रेखा थापा विपश्यना ध्यानमा



काठमाडौं, १९ भाद्र । नायिका रेखा थापा कठोर मौन व्रत बसेकी छिन् । रेखा मनलाई एकाग्र बनाउन मंगलबारबाट विपश्यना कठोर दश दिनको ध्यानमा बसेकी हुन् ।

उनले दशदिन सम्म दैनिक एक छाक खाना खाएर १७ घन्टासम्म साधना गर्नुपर्छ । रेखाले १० दिनसम्म मोबाइल चलाउन पाउदिनन् । ध्यान गर्दा मानिसको मनमा भएका नराम्रा कुरा हटाउने, शरीरमा सकरात्मक उर्जा दिने र अनियन्त्रित मन एकाग्र हुन्छ ।

कोरोना भाइरसको संक्रमणको कारण रेखाको नयाँ फिल्मको काम हुन पाएको छैन । भाद्रबाट छायाँकन सुरु हुने भनिएको फिल्मको सुर्टिङ सरकारले लगाएको लकडाउन र निषेधाज्ञाको कारण रोकिएको छ । फिल्ममा रेखासँगै अभिनेता सौगात मल्ल देखिनेछन् भने फिल्मको निर्देशन सविर श्रेष्ठले गर्नेछन् ।

रेखाले आउदै गरेको आफ्नो फिल्मको लागि शरीर स्लिम बनाएकी छन् । लकडाउन अवधिमा जिमखाना बन्द भएपनि आफ्नै अर्पाटमेन्टको कम्पाउन्डमा व्यायाम गर्दै आएकी रेखाले शरीरलाई ब्यालेन्समा राखेकी छिन् ।

नेपाली चलचित्रमा एक समय एक छत्र राज गर्न सफल अभिनेत्री रेखा उनको आफ्नै ब्यानरमा तयार भएको फिल्म ‘मालिका’ पछि कुनै फिल्ममा देखिएकी छैनन् । उनका धेरै आफ्नै ब्यानरमा निर्माण भएका सफल फिल्महरु छन् ।  तस्वीरः रेखा थापा फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्