Logo

स्वस्तिमा खड्का र अर्पण थापाको जोडी



काठमाडौं, १९ भाद्र । निर्देशक दिपेन्द्र के खनाल नेपाली फिल्मको शैली भन्दा पृथक तरीकाले फिल्मको निर्देशन तथा निर्माण गर्ने रुपमा परिचित छन् । गत वर्ष उनले निर्देशन गरेको फिल्म ‘आमा’ ले व्यवसायिक सफलता प्राप्त गरेपछि समाज भित्रको कथालाई समेटेर नयाँ फिल्म ‘चिसो मान्छे’ बनाउने तयारीमा रहेका छन् ।

२०७८ भाद्रमा प्रदर्शन गरिने फिल्म ‘चिसो मान्छे’ को छायाँकन भने कोरोनाको महामारी अन्त्य भएपछि यो टिमले सुरु गर्ने भएको छ । खनालले निर्देशन गर्ने यो फिल्मको निर्मात्री सर्मिला पाण्डे हुन् । लिड रोलमा नायिका स्वस्तिमा खड्का र नायक अर्पण थापा रहने बुझिएको छ । लिखित रुपमा सम्झौता नगरेकी नायीका स्वस्तिमाले फिल्मको कथालाई मन पराएकी छिन् । अर्पण थापासँग भने लिखित रुपमै सम्झौता भइसकेको छ । नायक थापा र निर्देशक खनाल अति नै नजिक छन् । यस अघि नै दिपेन्द्र र नायक अर्पणले फिल्म ‘घर’ मा काम गरिसकेका छन् ।

सुदुरपश्चिमका विभिन्न भाग, परिबेस र लबजमा फिल्मको छायाँकन हुनेछ । वर्तमान समयमा बढ्दै गएको स्वार्थलाई जस्ताको तस्तै उतार्ने यो फिल्म ‘चिसो मान्छे’ लाई खनाल आफैले क्यामारामा कैद गर्नेछन् । यस अघिका उनका फिल्महरु ‘आमा’ र ‘धनपती’ पनि उनैले खिचेका हुन् ।



प्रतिक्रिया दिनुहोस्