ललितपुर, १९ भाद्र । स्थानीय प्रशासनले आज ललितपुरको रिङरोड र भित्री भागमा कफर्यु आदेश जारी गरेकोमा साँझ हटाउने निर्णय गरेको छ । यद्यपि, पुल्चोक र पाटन क्षेत्रमा निषेधाज्ञा निकै कडा गर्ने निर्णय गरेको छ ।
मच्छिन्द्रनाथको रथ तान्ने विषयमा झडप भएपछि स्थानीय प्रशासनले हिजोबाट आज साँझसम्म कफर्यु आदेश जारी गरेको थियो । आज रिङरोडको भित्री भाग सुनसान थिए । रिङरोडमा समेत अत्यावश्यक बाहेकको सवारी साधान सञ्चालनमा रोक लगाइएको थियो ।
–Photo: reportersnepal