Logo

खतिवडाको राजीनामापछि मन्त्रालयको कार्यभार प्रम ओलीलाई



काठमाडौँ, २० भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको खबर समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्