Logo

आज कहाँ–कहाँ बर्षा?



काठमाडौं, भदौ २० । हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावका कारण देशको पहाडी भू-भागमा सामान्य बादली र तराई भू-भागमा आशिंक बदलीरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भई बांकी प्रदेशहरुमा आंशिक देखि सामान्यतया बदलीको आवस्था रहेको छ।

अहिले प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

आज दिनभर देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको छ ।

त्यस्तै रातीसम्म प्रदेश १, गण्डकी प्रदेश, तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्