Logo

प्लाज्मा थेरापीको परिणाम अन्योलमै



काठमाडौं, भदौ २० । काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर प्रयोग भइरहेको प्लाज्मा थेरापीमार्फत गरिने उपचारले कोरोना संक्रमण निको पार्छ कि पार्दैन भन्ने कुरा अझै निक्र्योल हुन सकेको छैन ।

उपत्यकाभित्रका कोभिड अस्पतालमा उपचाररत बिरामीमा प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि प्रयोग गरिएकाले कुनको प्रभाव परेको हो भन्ने अवस्था प्रष्ट नरहेको चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ जनामा प्लाज्मा थेरापी तथा पाँचैजनालाई रेमडिसिभिर औषधि पनि दिइएको थियो । प्लाज्मा थेरापी दिइएका ५ जना ६० वर्षमुनि र ३० वर्षमाथिका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जनामा दिइएकामध्ये १ जना निको भएका थिए भने दुईजनाको मृत्यु भएको थियो । अन्य बिरामी पनि थेरापी लिने प्रक्रियामै छन् ।

शसस्त्र प्रहरी बल कोभिड अस्पतालले हालसम्म ४ जनामा यो थेरापी दिएकोमा एकको मृत्यु भएको र बाँकी निको भई घर फर्केको अस्पतालले जनाएको छ । थेरापी लिनेमा ३५,५४ र य ५९ र ६६ वर्षका थिए । मृत्यु हुनेमा ६६ वर्षका पुरुष थिए ।

त्यसैगरी, शुक्रराज सरुवा रोग अस्पताल टेकुले हालसम्म ४ जनामा प्लाज्मा थेरापी दिएको छ । उनीहरू सबै ४० वर्षमाथिका हुन् । तीमध्ये दुईजना निको भइसकेका छन् भने बाँकी दुईजनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए । प्लाज्मा थेरापी दिइएका तीनजनालाई रेमडिसिभिर पनि दिइएको उनले जानकारी दिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा विमल पाण्डेले बताए ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा विमल पाण्डेले बताए ।

थेरापी लिनेमध्ये दुईजना गम्भीर भइसकेपछि अन्य अस्पतालबाट रेफर भई आएका थिए र उनीहरूमा उच्च रक्तचाप तथा मधुमेह थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार कति जनामा प्रयोग भइसकेको छ भन्ने विषयमा यकिन तथ्यांक संकलन भइसकेको छैन । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्