Logo

रुसमा भारत-चीन वार्ता



एजेन्सी, २० भाद्र । भारत र चीनबीच सीमा समस्या समाधानका लागि रुसमा वार्ता भएको छ । शुक्रबार साँझ भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वी फेङहीले नेतृत्व गरेको टोलीबीच मस्कोमा वार्ता भएको हो ।

वार्ता २ घन्टा २० मिनेट भएको छ । वार्ता सांघाई कोअपरेशन अर्गनाइजेशनका रक्षामन्त्रीहरुको सम्मेलनको साइडलाइनमा भएको हो ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव बढिरहँदा वार्ता भएको हो । यसअघि भारतका विदेश सचिव हर्षवद्र्धन श्रींगलले लाइन अफ एक्चुअल कन्ट्रोलमा अवस्था सन् १९६२ यताको अभूतपूर्व भएको टिप्पणी गरेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot